तिम्ल्याहा नवजात शिशुमा कोरोना पुष्टि, अभिभावकको रिपोर्ट नेगेटिभ

एजेन्सी, ११ असार । मेक्सिकाेमा तिम्ल्याहा नवजात शिशुमा कोरोना संक्रमण भएको पुष्टि गरिएको छ ।

गत हप्ता मेक्सिकोको केन्द्रीय राज्य सान लुइस पोतोसीमा जन्मेकेका तिम्ल्याहा (१ बालिका र दुई बालक) जन्मेको ४ घण्टापछि परीक्षण गर्दा उनीहरू संक्रमित भएको पत्ता लागेको हो ।    

सुरुमा स्वास्थ्य अधिकारीहरूले आमालाई भाइरसको एसिम्प्टोमेटिक क्यारियर मानेका थिए ।

तर, परीक्षणपछि आमा र बुबा दुवैजना संक्रमित नरहेको देखायो ।

आमाबाबुमध्ये एक जनाले पनि भाइरसको लागि सकारात्मक परीक्षण नगरेको हुँदा तिम्ल्याहा कसरी कोरोना भाइरसबाट संक्रमित भए भन्ने कुरा  मेक्सिकन स्वास्थ्य अधिकारीहरू बुझ्न कोशिस गर्दै छन् । स्वास्थ्य अधिकारीहरूले हालसम्म यस्तो केस नसुनेको बताउँछन् ।

“अभिभावकको रिपोर्ट नेगेटिभ छ, जसले हाम्रो ध्यान आकर्षण गर्दछ,” राज्यका स्वास्थ्य सचिव मोनिका र्‍यानजेलले मंगलबार एक पत्रकार सम्मेलनमा बताइन् ।

तीनजनाको उपचार गर्ने डाक्टरहरूले १७ जुनमा जन्मेका तिम्ल्याहामध्ये दुई बच्चाको स्वास्थ्य राम्रो छ र कोभिड १९ को कुनै लक्षण देखाएका छैनन् ।

भने, तेस्रो बच्चालाई निमोनिया भएपनि स्वास्थ्य स्थिर अवस्थामा रहेको बताएका छन् । र्‍यानजेलले तीनजना शिशु नै अस्पतालमा भर्ना हुने र अब्जरभेसनमा रहने बताएका छन् । 

Loading...