सुनको मूल्य स्थिर, प्रतितोला ९१ हजार एक सय

काठमाडौं, ११ असार । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहँदै प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि प्रतितोला ९१ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो । त्यस्तै सोमबार भने प्रति तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदी भने तोलामा रु १० घटेको छ । बुधबार ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार तोलामा ९३५ रुपैयाँमा कोरोबार भएको हो ।

सुनको मुल्य लगातार बढेसंगै बजारमा सुन खरिद गर्नेभन्दा बेच्ने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कोरोना महामारीसंगै आम्दानीमा ह्रास र बेरोजगारीले गर्दा रोजीरोटीको लागी सुन बेच्ने बढेको संघको अनुमान छ ।

Loading...