birat ribon

चट्याङले लाग्दा एकजनाको ज्यान गयो

Neuro
चट्याङले लाग्दा एकजनाको ज्यान गयो

उदयपुर, ११ असार । उदयपुरमा चट्याङले लाग्दा एकजनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका–१३ असारी बस्ने ४५ वर्षीय कानन चौधरीको चट्याङले लागेर मृत्यु भएको हो ।

Padelux insider
cura insider

बिहीबार बिहान साढे ८ बजे खेतमा काम गरिरहेका चौधरीलाई वर्षासँगै आएको चट्याङले लागेको थियो ।

चट्याङले लागेर घाइते भएका उनलाई उपचारार्थ जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उनको उपचारको क्रममा बिहान पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

jackson ribon