birat ribon

ओखलढुंगामा एम्बुलेन्स भीरबाट खस्दा चालकको मृत्यु

Neuro
ओखलढुंगामा एम्बुलेन्स भीरबाट खस्दा चालकको मृत्यु

ओखलढुंगा, ११ असार । ओखलढुंगामा एम्बुलेन्स भीरबाट खस्दा चालकको मृत्यु भएको छ ।

Padelux insider
cura insider

ओखलढुंगाको लिखु–६ गाम्नाङटारमा भएको सो दुर्घटनाबाट एम्बुलेन्स चालक ओखलढुंगा लिखु–४ का यसम बस्ने २२ वर्षीय सुदर्शन खत्रीको मृत्यु भएको हो ।

आज बिहान प्रदेश नम्बर ३–०१–००२ झ ५११५ नम्बरको एम्बुलेन्स बिरामी लिनका लागि लिखुबाट गाम्नाङटारतर्फ जाँदै गर्दा एक्कासी अनियन्त्रित भई कात्तिके भीरबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।

सो दुर्घटनाबाट चालक खत्रीको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । दुर्घटना भएको एम्बुलेन्स लिखु गाउँपालिकाको रहेको खुल्न आएको छ ।

jackson ribon