birat ribon

झापामा ११ सहित प्रदेश १ मा थपिए १३ कोरोना संक्रमित

Neuro
झापामा ११ सहित प्रदेश १ मा थपिए १३ कोरोना संक्रमित

विराटनगर, १० असार । बुधबार प्रदेश १ मा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापामाको मेचीनगरमा १० सहित प्रदेश १ मा १३ जना संक्रमित थपिएका हुन ।

Padelux insider
cura insider

प्रदेश १ सामाजिक विकास मन्त्रालयका डाक्टर सरोज विशालका अनुसार बुधबार झापाको मेचीनगरमा १० जना पुरूष, झापाकै शिवसत्ताक्षी गाउँपालिकामा १ जना पुरूष, मोरङको कटहरी गाउँपालिकामा १ जना पुरूषमा संक्रमण देखिएको छ ।

त्यस्तै सुनसरीको हरिनगर गाउँपालिकामा १ जना पुरूषमा संक्रमण देखिएको छ ।

उनीहरूकाे विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, काेशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयाेगशालामा परीक्षण गरिएकाे थियाे ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४९६ पुगेको छ । प्रदेश १ मा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २८५ छ ।

jackson ribon