‘कोरोनिल’ सार्वजनिक भएको २४ घण्टा नबित्दै प्रतिबन्धमा परेपछि ट्रोल बने बाबा रामदेव

विराटनगर, १० असार । सामाजिक सन्जालमा भारतीय योगगुरु बाबा रामदेवको मजाक उडाइएकाे छ ।

पतञ्जली आयुर्वेद लिमिटेडले बजारमा ल्याएको कोरोना निको पार्ने औषधि ‘कोरोनिल’ सार्वजनिक भएको २४ घण्टा नबित्दै प्रतिबन्धमा परेपछि मानिसहरू ट्रोल बनाएर बाबा रामदेवको मजाक उडाइ रहेका छन् ।

बाबा आइन्स्टेइन्डदेवलाई पहिलो एन्टी कोभिड-१९ औषधिको आविष्कारको लागि नोबेल पुरस्कार दिइनु पर्छ भन्ने जस्ता ट्रोल र आइन्स्टाइनको फोटोमा उनको अनुहार टासेर फोटोहरू बनाउँदै सामाजिक सञ्जालमा भाइरल भएको छ ।

मन्त्रालयले औषधिबारे पूर्ण जानकारी नदिएसम्म औषधिमाथि प्रतिबन्ध लगाएको छ ।

मन्त्रालयले कम्पनीलाई यस किसिमको औषधि राम्रोसँग अध्ययन अनुसन्धान तथा वैज्ञानिक अध्ययन पनि भइनसकेको जनाएको थियाे ।

उक्त कम्पनीसँग मन्त्रालयले औषधिबारे सम्पूर्ण प्रमाणहरू (पूर्ण जानकारी) ल्याउनसमेत निर्देशन दिएको छ ।

भारतिय मिडियाहरूका अनुसार कोरोना भाइरसको औषधि ‘कोरोनिल’ अनुमतिविना परीक्षण गरेको भन्दै राजस्थान सरकारले रामदेवविरुद्ध मुद्दासमेत हाल्ने भएका छन् ।

Loading...