भाइरसको शिकारी नै कोरोना संक्रमित भए

एजेन्सी, १० असार । प्रोफेसर पिटर पायट कोरोना संक्रमित भएका छन् ।

लण्डन स्कूल अफ ट्रपिकल हाइजिन एण्ड ट्रपिकल मेडिसिनका प्रोफेसर पिटर प्याट विश्वको सबैभन्दा सम्मानित संक्रमण रोग विज्ञानी हुन् ।

सन् १९७६ मा इबोला भाइरस पत्ता लगाउने टोलीमा रहेका प्रोफेसर पीटर प्याट एचआईभी एड्सको अनुसन्धानमा पनि अग्रणी थिए ।

प्रोफेसर प्याट, जो विगत ५० बर्षदेखि भाइरससँगको संघर्ष गर्दै आएका छन् कुनै पनि भाइरसबाट संक्रमित भएका थिएनन् ।

संक्रामक रोगहरूसँग लड्दै आफ्नो जीवन बिताएका पिटरलाई भाइरसको शिकारी अर्थात् भाइरस हंटर भनेर पनि भनिन्छ ।

उनले १९९५ र २०२० बीच संयुक्त राष्ट्र संघको एचआईभी / एड्ससम्बन्धी संयुक्त अध्यक्षको रूपमा काम गरे र हाल उनी युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर ल्येनका कोरोना भाइरस सल्लाहकार छन् ।

तर, नयाँ कोरोना भाइरससँग आफ्नो व्यक्तिगत भिडन्त भएको कारण जीवन परिवर्तन गर्ने अनुभव पाएको पियट बताउँछन् ।

मार्चको मध्यमा कोभिडको संक्रमण भएका उनी एक हप्ता अस्पतालमा बिताएर आफ्नो घर फर्किएर रिकभर गरिरहेका छन् ।

Loading...