जनप्रतिनिधि जनताको मनसँग खेल्न जान्ने हुनु पर्छ : प्रदेश प्रमुख अधिकारी

रंगेली, १० असार । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले जनप्रतिनिधिले जनताको मन जित्न र जनताको भावनासँग खेल्न जान्ने हुुनु पर्ने बताए ।

प्रदेश प्रमुखले मंगलबार विराटनगर महानगरपालिकाको छैटौं नगरसभालाई सम्बोधन गर्दै उनले जनप्रतिनिधिले आफ्नो ‘वेट’ राख्न सक्नु पर्ने बताए । उनले संघीय लोकतान्त्रिकका जनप्रतिनिधि अघिका जस्तो नभएको उनले बताए ।

उनले जनप्रतिनिधिले जनताको इच्छा चाहनामा चल्न सक्ने हुनुपर्ने बताए । उनले प्रदेशका जनप्रतिनिधिलाई संकटसँग लड्नसक्ने मनोविज्ञान र भावनाका साथ आगाडि बढन उनले सुझाए ।

सभामा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोभिड–१९ को कारणले प्रतिकूल अवस्था रहेको बताए । उनले जनताको अपक्षाअनुसारको विकास निर्माणको काममा कोरोना महामारीको कारणले प्रभाव परेको बताए ।

उनले कोभिडको कारणले आर्थिक समस्या सामाना गुर्न परेको जिकिर गरे । उनले प्रदेश सरकारले विराटनगर महानगरपालिकालाई प्राथमिकतामा राखेर बजेट ल्याएको दाबी गरे ।

कार्यक्रममा संघीय सांसद अमनलाल मोदीले कोभिडको कारणले विकास निर्माणको कामलाई मूर्तरूप दिन नसकिएको बताए । उनले विराटनगर महानगरलाई ऐतिहासिक शहर बनाउन प्रयास भइरहेको जिकिर गरे । उनले विराटनगरको विमानस्थल, रिङरोडलगायतको लागि बजेटको व्यवस्था भएको बताए । सबैले एक मनले लागेको खण्डमा विराटनगर निर्माण गर्न सकिने उनको ठम्याइ थियो ।

प्रदेश १ का सांसद केदार कार्कीले नगरसभाले मेयरसँगै वडाअध्यक्ष तथा सदस्यलाई समेत जिम्मेवार बनाउने बताए । उनले जनप्रतिनिधिको हैसियत फेरिएको भन्दा जनताको दैनिकी मूल्याङकन ग¥यौँ या गरेनौ त्यो हेर्न जरुरी रहेको बताए ।

कार्यक्रममा प्रजातान्त्रिक सेनानी ६ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा रमाप्रसाद रिजाल, शान्ता अधिकारी, शिवदत्त भट्टराई, श्याम बा सुब्बा, तोरेन्द्र मानसिंह प्रधानलगायतलाई सम्मान गरिएको थियो

कार्यक्रममा महानगरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो ।

Loading...