birat ribon

विराटनगरमा गर्भवती र जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा, अशक्त बिरामीका लागि ‘पेनेटिभ केयर’ सेन्टर

Neuro
विराटनगरमा गर्भवती र जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा, अशक्त बिरामीका लागि ‘पेनेटिभ केयर’ सेन्टर

विराटनगर, १० असार । विराटनगर महानगरका गर्भवती महिला, जेष्ठ नागरिकहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।

Padelux insider
cura insider

अगामी आर्थिक वर्ष २०७७–०७८ का लागि बुधबार छैठौं नगरसभामा प्रस्तुत गरेको नीति कार्यक्रमअनुसार विराटनगर महानगरपालिकाले गर्भवती महिला, जेष्ठ नागरिकहरूलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको हो ।

महानगरपालिकाले आफ्नै एम्बुलेन्स व्यवस्था गरेर गर्भवती र जेष्ठ नागरिकहरूलाई निःशुल्क र आमनागरिकलाई सहुलियत दरमा उपलब्ध गराउने योजना बनाएको प्रस्तुत नीति कार्यक्रममा उल्लेख छ ।

महानगर प्रमुख भीम पराजुलीले बुधबार नगरसभामा प्रस्ताव गरेको नीति कार्यक्रमअनुसार अस्पताल तथा घरबाट घाटसम्म लैजान निःशुल्क शवबाहन सेवा सञ्चालन गर्ने र नगरबासीलाई निःशुल्क रक्त सेवा उपलव्ध गराउने पनि उल्लेख छ ।

यसैगरी सहज स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि निश्चित स्थानहरूबाट फिजियोथेरापी सेवा उपलब्ध गराउने योजना पनि महानगरपालिले योजना बनाएको छ । विराटनगर महानगरपालिकाले ‘छोरी बचाउ छोरी पढाउ’ कार्यक्रमका लागि आमाहरूलाई प्रोत्साहन गर्ने र ८४ वर्षभन्दा माथिका नागरिकलाई पोषण भत्ता दिने कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिएको छ ।

महानगरपालिकाले आफ्नै फार्मेसी सेवा सञ्चालन गर्ने

प्रस्तावित नीति कार्यक्रममा उल्लेख भएअनुसार प्रेसर, डायवेटिज, मुटु, आदि जीवनभरि औषधि खाने बिरामीहरूका लागि सहुलियत दरमा औषधि उपलब्ध गराउन विराटनगर महानगरपालिकाले आगामी वर्षदेखि आफ्नै फार्मेसी सञ्चालन गराउने नीति लिएको छ । साथै नियमित स्वास्थ्य जाँच गराउनुपर्नेु दीर्घ रोगीहरूका लागि सहुलियत दरमा ल्याव सेवा, ईसिजी, भिडियो एक्सरे रगत जाँचसहित होलबडी चेकअपको व्यावस्था पनि महानगरले गरिदिने छ ।

विराटनगरका सबै वडाबाट आधारभूत स्वास्थ्य सेवा

यसैगरी आगामी वर्षभित्र महानगरका सबै वडामा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर सिटी अस्पताल निर्माणका लािग विस्तृत परियोजना तयार गर्ने नीति पनि महानगरपालिकाले आगामी वर्षका लागि प्रस्ताव गरेको छ ।

असक्त बिरामीका लागि विराटनगरमा केयर सेन्टर सञ्चालन गरिने

यसैगरी उपचार सम्भव नभएपछि अस्पतालबाट घरमै फर्काएका क्यान्सरका अशक्त बिरामीहरूको मरण सहज बनाउन विराटनगर महानगरपालिकाले ‘पेनेटिभ केयर’ सेवा प्रदान गर्ने भएको छ ।

विराटनगर महानगरपालिका जनस्वास्थय महाशाखा प्रमखु रमेश क्षेत्रीका अनुसार उपचार सम्भव नभएपछि अस्पतालबाट घरमा राख्न पठाइएका क्यान्सरका अशक्त बिरामीहरूको मरण सहज बनाउन आगामी वर्षदेखि ‘पेनेटिभ केयर’ सेवा प्रदान गरिने भएको हो ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत क्षेत्रीका अनुसार विराटनगर महानगरपालिकाले वडा नं १९ को बैजनाथपुर स्वास्थ्य चौकीमा आगामी वर्षदेखि नै ‘पेनेटिभ केयर’ सेवा प्रदान गर्ने योजनासहित धमाधम भवन निर्माण गरिरहेको छ ।

उक्त भवनको निर्माण चाँडै सम्पन्न हुने र त्यहाँ सञ्चालन गरिएको ‘पेनेटिभ केयर’ सेन्टरमा सुरुमा ३० देखि ४० जनासम्म क्यान्सरका अशक्त बिरामीहरूलाई राखेर सेवा प्रदान गरिने छ । सेन्टरमा राखिएका बिरामीलाई समय समयमा आफन्तहरूले भेट्न पनि पाउने छन् ।

jackson ribon