birat ribon

घट्यो विराटनगरको बजेट, आगामी वर्षका लागि ३ अर्ब ३७ करोडको बजेट प्रस्तुत

Neuro
घट्यो विराटनगरको बजेट, आगामी वर्षका लागि ३ अर्ब ३७ करोडको बजेट प्रस्तुत

रंगेली, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७–०७८को लागि ३ अर्ब ३७ करोड बढीको अनुमानित बजेट ल्याएको छ । विराटनगर महानगपरपालिकाले बुधबार छैठौं नगरसभामा बजेट ३ अर्ब ३७ करोड ८१ लाख १० हजारको बजेट प्रस्तुत गरेको हो ।

Padelux insider
cura insider

विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले सार्वजनिक गरेको बजेटको लागि महानगरको आन्तरिक आम्दानी ८९ करोड २ लाख ९६ हजार रहेको छ । चालू आर्थिक वर्षमा महानगरको आन्तरिक आम्दानी ५९ करोड ९८ लाख १५ हजार थियो । आगामी वर्षका लागि महानगरले ३० करोड वृद्धि गरेको हो ।

संघ र प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट ७६ करोड ८२ लाख, संघ र प्रदेश सरकारको वित्तीय सामान्यीकरणबाट ३८ करोड ७ लाख प्राप्त हुनेछ ।

संघीय सरकारको सशर्त अनुदान १ अर्ब २ करोड ९ लाख महानगरले प्राप्त गर्नेछ । सशर्त अनुदान प्रदेश सरकारबाट २ करोड १० लाख प्राप्त गर्नेछ ।

संघीय सरकारको विशेष अनुदान १३ करोड रहेको छ । प्रदेश सरकारबाट ३ करोड समपुरक अनुदान महानगरले पाउने छ । वैदेशिक र अन्य संघसस्थाबाट ३ करोड २६ लाख ७८ हजार महानगरले अनुदान पाउने भएको छ । त्यसैगरी जन सहभागिताबाट ९ करोड ६२ लाख संकलन गर्ने भएको छ ।

महानगरले आफ्नो आयबाट ३४ करोड १९ लाख ५० हजार प्रशासनिक खर्चको लागि छट्याएको छ । सामाजिक सुरक्षाको लागि ३६ करोड विनियोजन गरेको छ ।

वातावरण तथा फोहोरमैला व्यवस्थापन र ल्याडफिल्ड साइडको जग्गा खरिदसहित ११ करोड ४९ लाख व्यवस्था गरेको छ । नगर स्वास्थ्यको लागि संघ, सरकारसमेतको गरेर ११ करोड ५७ लाख ९५ हजार महानगरले विनियोजन गरेको छ ।

शैक्षिक विकास कार्यक्रमतर्फ संघ सरकारको समेत गरेर ५६करोड १३ लाख राखेको छ । महिला बालबालिका एवं युवा विकास तथा खेलकुदलाई २ करोड ९ लाख राखेको छ ।

महानगरले अन्य कार्यक्रमको लागि ६ करोड ५२ लाख व्यवस्था गरेको छ । भौतिक पूर्वाधारलगायत अन्य पूँजिगत खर्चमा १ अर्ब ७१ करोड ७९ लाख व्यवस्था गरेको हो ।

विराटनगर महानगरपालिकाले चालुु आर्थिक वर्ष २०७६–०७७ को लागि चालू आर्थिक वर्षका लागि एशियाली विकास बैंकको सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास परियोजनाको १ अर्ब ७७ करोड २३ लाख ५५ हजार र महानगरको ४ अर्ब १३ करोड ५० लाख ९२ हजारसहित ५ अर्ब ९० करोडको बजेट प्रस्तुत गरेको थियो । एडिबीको परियोजना लगभग सकिएको छ ।

महानगरले कोभिड महामारीको कारणले २ अर्ब १३ करोड ९२ लाख ८३ हजार मात्र आम्दानी भएको जनाएको छ । त्यसमा १ अर्ब ७५ करोड २ लाख मात्र खर्च भएको जनाएको छ ।

jackson ribon