रुसमा संक्रमितको संख्या ६ लाख कट्यो, निको हुनेको संख्या ३ लाख बढी

विराटनगर, १० असार । रुसमा कोरोना भाइरसबाट संक्रमितको संख्या ६ लाख कटेको छ ।

केही दिनदेखि यता रुसमा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आइरहेको छ ।

आजको तथ्यांकअनुसार रुसमा ७ हजार १ सय ७६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या बढेर साढे ६ लाख ६ हजार ८ सय ८१ पुगेको हो ।

रुस अहिले कोरोना प्रभावितको सूचिमा अमेरिका र ब्राजिल पछि तेस्रो नम्बरमा रहेको छ ।

संक्रमितको संख्या अलिकति कम भएको बेलामा मर्नेको संख्या भने केही बढेको छ ।

आज १ सय ५४ जनाको मृत्यु भएसँगै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ हजार ५ सय १३ पुगेको हो ।

मृत्यु हुनेहरूको संख्या केही दिनयताकै धेरै भएपनि हालसम्म रुसमा संक्रमितको तुलनामा मृत्युदर कम नै रहेको देखिन्छ ।

साथै रुसमा निको हुनेको संख्या, सक्रिय संक्रमितको संख्याको तुलनामा धेरै रहेको छ ।

अहिलेसम्मको तथ्यांकअनुसार रुसमा ३ लाख ६८ हजार ८ सय २२ जना सफल उपचारपछि निको भएर घर फर्किसकेका छन् । रुसमा २ लाख २९ हजार ५ सय ४६ जना सक्रिय संक्रमित उपचार गराइरहेका छन् ।

Loading...