चाँडै नै कोरोनाविरुद्धको भ्याक्सिन पाउँदैछौं : राष्ट्रपति ट्रम्प

विराटनगर,१० असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एरिजोनामा एक चुनावी सभाको क्रममा चाँडै नै भ्याक्सिन पाउने बताएका छन् ।

विद्यार्थीलाई सम्बोधन गर्दै कोरोना भाइरस महामारीमा आफ्नो सरकारको कामको सूचि साझा गर्दा अमेरिकी सेनालाई शक्ति दिएको हुँदा चाँडै नै भ्याक्सिन पाउने बताएका हुन् ।

ट्रम्पले केही मानिसहरूले यो भाइरसलाई ‘वुहान भाइरस’, ‘कुंग फ्लू’ र ‘द चाइनिज फ्लू’ जस्तो नाम दिइरहेको पनि बताए ।

ट्रम्पले मानिसहरूलाई यो रोगबाट बचाउनका लागि भेन्टिलेटरको कमी हुन नदिएको र उनको सरकारले न्यूयोर्कसम्म अस्पताल बनाइदिए पनि ती प्रयोगमा नआएको जानकारी दिएका छन् ।

कोरोना भाइरसका कारण अमेरिकामा बेरोजगारी बढ्ने संकेत पनि भेटिएको हुँदा अमेरिकी अर्थव्यवस्थालाई समस्याबाट बचाउनका लागि तीन अर्ब डलरको कोषका लागि विधेयक पास गरेको पनि उनको भनाइ छ ।

उनले अमेरिकी विद्यार्थीका लागि रोजगार सुरक्षित गर्ने उद्देश्यले विदेशीको हातमा जागिर जानबाट रोक्नका ऐतिहासिक निर्णय लिएको पनि बताए ।

अमेरिकाले धेरैभन्दा धेरै रोजगार उत्पन्न गर्नुपर्ने र यो युद्ध अमेरिकी तरिकाले जित्नु पर्ने पनि उनी बताउँछन् ।

Loading...