सुनको भाउ हालसम्मकै महँगो

काठमाडौं, १० असार । सुनको भाउले नयाँ कीर्तिमानी बनाएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार सुनको भाऊ अहिलेसम्मकै महँगो भएको छ ।

महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको हो । मंगलबार सुन तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसअघि सोमबार सुन तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदीको ९ सय ४५ रुपैयाँ रहेको छ । हिजो तोलाको ९ सय ४० रुपैयाँमा कारोबार थियो ।

Loading...