नेकपा स्थायी समिति बैठक सुरु

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी, नेकपा स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बैठकमा मुलुकको वर्तमान परिस्थितिका सम्बन्धमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेएपछि तय गरिएका बाँकी कार्यसूचीहरूमा छलफल हुने नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

स्थायी समिति बैठकका लागि तय गरिएका कार्यसूचीहरुमा सरकारका कामहरूअन्तर्गत कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या र समाधान तथा अन्य विषय, पार्टी एकताका बाँकी कामहरू, मिलेनियम च्यालेन्ज कर्पोरेशन, एमसिसी र विविध रहेका छन् ।

Loading...