अमेरिकामा बढ्दो संक्रमणको डर, डा. फाउचीले दिए चेतावनी

विराटनगर, १० असार । अमेरिकाका शीर्ष महामारी रोग विशेषज्ञ डा. एन्थनी फाउचीले केही प्रान्तमा कोरोना भाइरस संक्रमणको बढ्दो खतरा देखाएको बताएका छन् ।

बीबीसीमा जनाए अनुसार डा. फाउचीको नेतृत्वमा स्वास्थ्य विशेषज्ञहरूको समितिले अमेरिकी सरकारलाई कोरोना भाइरस संक्रमणको नयाँ चरणको बिषयमा र तीव्र गतिमा संक्रमणका फैलिरहेको हुँदा यो अवस्था विचलित पार्ने खालको रहेको भन्दै चेतावनी दिएका छन् ।

अमेरिकामा कोरोना भाइरस संक्रमण निरन्तर बढिरहेको छ ।

ट्रम्पले ओक्लाहोमा प्रान्तमा एक सप्ताको अन्त्यमा उनलाई थोरै परीक्षण गर्न सल्लाह दिइएको बताएका थिए ।

तर, अमेरिकाका शीर्ष चार स्वास्थ्य विशेषज्ञहरू कोरोना संक्रमण बढ्ने सम्भावनाको साथै अमेरिकी राष्ट्रपतिलाई आफूहरूले कहिल्यै पनि कम टेस्ट गर्न सल्लाह नदिएको बताइका छन् ।

नेशनल इन्स्टिच्यूड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिजका निर्देशक समेत रहेका डा. फाउचीले आफूहरूले थप परीक्षण गरिरहेको जानकारी दिएका छन् ।

अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको देश हो ।

अमेरिकामा २३ लाखभन्दा बढी व्यक्ति कोरोना संक्रमित छन् र एक लाख २० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

Loading...