नेकपा स्थायी कमिटी बैठक आज, एमसीसीका विषयमा छलफल हुने

काठमाडौं, १० असार । एमसीसीका विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ ।

आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसीसी विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बताइएको छ ।

यसअघि दुईपटक मिति तोकेर पनि स्थायी समिति बैठक स्थगित भएको थियो ।

पार्टी विधानमा कम्तीमा १ सातामा एकपटक सचिवालय बैठक बस्ने व्यवस्था भए पनि जेठ १७ यता सचिवालयको बैठक बस्न सकेको छैन ।

खासगरी एमसीसीको बारेमा दलभित्र सहमति जुट्न नसक्दा मिति तोकेर पनि बैठक स्थगित हुँदै आएको छ ।

एमसीसीबारे पार्टीभित्रै स्पष्ट दुई धार देखिएको छ ।

बैठकको एजेण्डाबारे कुनै जानकारी नआए पनि कोरोना महामारी, एमसीसी लगायत विषयमा छलफल हुने नेकपा स्थायी समितिका सदस्य वेदुराम भुसालले बताए ।

Loading...