birat ribon

धरानबाट १८ महिने बालकसहित २७ जनाले जिते कोरोना

Neuro
धरानबाट १८ महिने बालकसहित २७ जनाले  जिते कोरोना

धरान, ९ असार । मंगलबार धरानबाट १८ महिने बालकसहित २७ जनाले कोरोना जितेका छन ।

Padelux insider
cura insider

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ महिलासहित २७ जनाले कोरोना जितेर डिस्चार्ज भएका हुन । याे सँगै धरानबाट काेराेना जितेर घर फर्कनेकाे संख्या १५५ पुगेकाे छ ।

डिस्चार्ज हुनेमा १८ महिने बालकदेखि ६० वर्ष उमेर समुहका रहेको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार झापाका ४ मोरङका १८ सुनसरीका ५ जना डिस्चार्ज भएका हुन ।

सोमबार प्रदेश १ बाट मोरङका १३, उदयपुरका ४, सुनसरी ३, झापा २ र ते¥हथुमका १ जना डिस्चार्ज भएका थिए ।

यो सँगै प्रदेश १ मा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या २८५ पुगेको छ । प्रदेश १ मा काेराेना संक्रमितकाे संख्या ४८३ छ । मंगलबार मात्र २० जना काेराेना संक्रमित थपिएका थिए ।

jackson ribon