विराटनगर, ९ असार । मंगलबार प्रदेश १ मा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा मोरङ र सुनसरीमा १० महिलासहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश १ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सूचना अधिकारी क्षितिश भट्टराईका अनुसार मोरङको विराटनगर महानगरपालिका र सुन्दरहरैचामा १–१ जनामा संक्रमण पुष्टि भएकाे छ ।
त्यस्तै झापाको मेचीनगरमा ३ महिला, बुद्धशान्ति नगरपालिकामा ३ महिलासहित ६ जना, हल्दीबारीमा २ जना महिला र कचनकवल गाउँपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
सुनसरीको धरानमा २ महिला, कोशी गाउँपालिकामा १ पुरुष र ओखलढुंगामा १ पुरुष गरी २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ सय ८३ पुगेको छ ।