नयाँ प्रेमीकालाई मायाको प्रमाण दिन प्रेमीले गरे पूर्वप्रेमीकाको हत्या

एजेन्सी , ९ असार । नयाँ प्रेमीकालाई मायाको प्रमाण दिन एक युवकले आफ्नै पूर्वप्रेमीकाको हत्या गरेका छन् ।

२० वर्षीय अलेक्सी पेट्रोभले पूर्व प्रेमी अनास्तासिया पोसपोल्भालाई जंगलबीच गला दबाएर हत्या गरेको बताइएको छ ।

रिपोर्टका अनुसार पेट्रोभ र उनकी नयाँ प्रेमिका येकातेरिना कर्पोवाले अनास्तासियालाई पार्टीमा बोलाएका थिए ।

दक्षिण नोभेसिबिर्स्क क्षेत्रको सुजुन गाउँ नजिकैको जंगलमा राखिएको पार्टिमा आउन अनास्तासिया राजी भएपछि उनीहरूले जंगलमा बोनफायर बनाएर रक्सी पिउन थाले ।

स्थानीय मिडियाका अनुसार पेट्रोभले आफ्नो खल्तीबाट चक्कु निकाले र अनास्तासियालाई घाँटीमा पटक पटक प्रहार गरे ।

पेट्रोभसँग लड्न सफल भएकी अनास्तासिया घाउबाट रगत बग्दासमेत भाग्न सफल भएकी थिइन् ।

उनले मदतको लागि साथीलाई फोन गरेर जंगलमा लुक्न खोजेपनि पेट्रोभले उनलाई भेटाएर फेरि आक्रमण गरे ।

यसपटक पेट्रोभले अनास्तासियाको छातीमा चक्कु प्रहार गर्नुका सातै गला दबाएर हत्या गरे ।

त्यसपछि पेट्रोभ र कर्पोवाले शवलाई झाडीमा लुकाएर अनास्तासिया हराएको नाटक गरेका थिए ।

तर, पुलिसले अनास्तासियाको शरीर फेला पारेपछि घटना बाहिर आएको हो ।

Loading...