चीनले बंगलादेशलाई दिएको भन्सार छुटमा भारतीय मिडियाको चर्को आलोचना

एजेन्सी, ९ असार । बंगलादेशको आग्रहमा चीनले विभिन्न वस्तुमा भन्सार छुटको सुविधा दिएपछि भारतीय सञ्चारमाध्यमले आलोचना गर्न सुरु गरेका छन् ।

बंगलादेशलाई आफ्नो पक्षमा पार्न सुविधाको व्यवस्था गरिदिएको भन्ने दाबी गर्दै भारतीयसञ्चार माध्महरूले ढाका बेइजिङतर्फ ढल्किन लागेको आरोप पनि लगाएका छन् ।

भारतीय सञ्चार माध्यमहरुले गरेको आलोचनाको विरुद्ध बोल्दै बंगलादेशका विदेश मन्त्री अब्दुल मोमेनले उनीहरुको संकुचित मानसिकताको प्रदर्शन गरेको बताए ।

‘जुन प्रकारका भाषा प्रयोग गरिएको छ, त्यो पत्रकारिताका इथिक्सभित्र पर्दैन,’ विदेशमन्त्री मोमेनले बताउँछन् ।

बंलादेशका विदेश मन्त्रालयले थप ८ हजार २ सय ५६ वस्तुमा चीनले भन्सार छुट दिएको जनाएको छ।

Loading...