birat ribon

ट्याक्टर दुर्घट्ना हुँदा चालकको ज्यान गयो

Neuro
ट्याक्टर दुर्घट्ना हुँदा चालकको ज्यान गयो

ओखलढुंगा, ९ असार । ओखलढुंगामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

Padelux insider
cura insider

ओखलढुंगा मानेभञ्ज्याङ–६ देउराली डाँडास्थित सिद्धिचरण राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा भारत पश्चिम बङगाल घर भएका २७ वर्षीय सञ्जय बरमनको मृत्यु भएको हो ।

सोमबार बिहान सवा १० बजे मानेभञ्ज्याङबाट थाक्लेतर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो ।

सो दुर्घटनाबाट चालक सञ्जय गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा स्थानीय मिसन अस्पतालमा बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

jackson ribon