birat ribon

हाम्रो अस्पतालमा शिशुको मृत्यु प्रकरण : आफन्तले बुझे शव

Neuro
हाम्रो अस्पतालमा शिशुको मृत्यु प्रकरण : आफन्तले बुझे शव

विराटनगर, ९ असार । विराटनगरको हाम्रो अस्पतालमा सोमबार जन्मिएलगत्तै मृत्यु भएको शिशुको शव आफन्तले बुझेका छन् ।

Padelux insider
cura insider

चिकित्सकले लापरवाही गरेको भन्दै आन्दोलनमा उत्रिएका आफन्तले अस्पतालले क्षतिपूर्ति दिने सहमति जनाएपछि शव बुझेका हुन् ।

बुढीगंगा गाउँपालिका–३ की २१ वर्षीय सुवर्णा घिमिरेले जन्माएको शिशुको मृत्यु भएपछि सोमबार अस्पतालमा विवाद भएको थियो ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच सोमबार छलफल पछि शव बुझेर लगेका हुन् । सुवर्णाका श्रीमान रूपेस विश्वासले अस्पताल प्रशासनसँग सहमति भएको बताए ।

अस्पतालका डाक्टर शंकर अधिकारीले मृतक शिशुका अफन्तलाई चित्त बुझाएर पठाएको बताए । उनले क्षतिपूर्ति दिएको विषयमा नखुलाएपनि आफन्तको चित्त बुझाएर घर पठाएको बताए ।

लापरवाही हाम्रो होइन – अस्पताल

जन्मिएपछि ज्यान गुमाएका शिशुको मृत्युमा आफ्नो लापरवाही नभएको अस्पतालले बताएको छ । जन्मनु अगाडि बच्चाको धडकन सबै राम्रो भए पनि जन्मपश्चात बच्चाले सास फेर्न नसकेको कारण समस्या भएको अस्पतालका डा शंकर अधिकारीले बताए ।

महिलालाई औषधि प्रयोग गरेको आधा घण्टामा नर्मल डेलीभरी भएको उनले बताए । त्यसक्रममा भ्याकुमलगायतका कुनै पनि चिजको प्रयोग गर्नु अधिकारीले जानकारी दिए ।

बच्चाको शरीरमा चोट देखिएको विषयमा उनले बच्चाको छाला आलुको जस्तै छुनेबित्तिकै पिल्सीने भएकोले कुनै समस्या भएको हुनसक्ने बताए । शिशुको छालामा समस्या देखिएको उनले बताए ।

jackson ribon