क्वारेन्टाइनमा युवकले गरे आत्महत्या

बझाङ, ९ असार । बझाङको छबिस पाथिभरा गाउँपालिका–७ स्थित विद्यालयको क्वारेन्टाइनमा ३० वर्षीय युवकले आत्महत्या गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष अक्क्ल धामीका अनुसार विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

उनलाई बिहान ८ गते कोठाभित्र झुण्डिएको अवस्थामा फेला पारिएको हो । भारतबाट आएका उनलाई ६ गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो ।

स्थानीयवासी त्रसित भएका कारण सुरक्षा व्यवस्था मिलाएर शवलाई गाडिएको छ । भारतबाट फर्किएका उनको परिवारसँग भेट भएको थिएन ।

उनको स्वाब संकलन गरी पीसीआर जाँचका लागि डडेल्धुरा पठाइएको छ ।

Loading...