दक्षिण कोरियामा कोरोना संक्रमणको दोस्राे लहर सुरु

विराटनगर, ९ असार । दक्षिण कोरियाले अहिले आफ्नो देशमा कोरोना सङ्क्रमणको दोस्राे लहर सुरु भएकाे स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

सङ्क्रमणको पहिलो लहरलाई सावधानीपूर्वक सामना गरेको र दोस्राे लहर लामो समय रहन सक्ने कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले बताएको हो ।

केसीडीसीका प्रमुख जंग इउन क्योन्ङले कोरोनाको पहिलो लहर अप्रिलसम्म चलेको बताएका छन् ।

अधिकारीहरूले सोमबार गत २४ घण्टामा ठूला अफिस र गोदामका विभिन्न समूहहरूबाट १७ नयाँ संक्रमित रेकर्ड गरिएको छ ।

मे महिनासम्ममा नयाँ सङ्क्रमणको संख्या हजारदेखि शून्य नजिक पुर्‍याएको भए पनि पछिल्ला दिनमा नयाँ सङ्क्रमण पुष्टि हुन थालेको र यो सङ्क्रमणको दोस्राे लहर भएको केन्द्रले बताएको छ ।

अहिलेसम्म, केसीडीसीले दक्षिण कोरियाले कोरोनाको पहिलो लहर अन्त्य नभएको बताउँदै आएको थियो ।

तर, डा जंग इउन क्योन्ङले मेको सुरुमा सियोल क्षेत्रमा केन्द्रित संक्रमणको नयाँ लहरको सुरुआत भएको स्पष्ट पारेकी हुन् ।

दक्षिण कोरियाले कोरोना सङ्क्रमणको पहिलो चरणमा भाइरससँग लड्न देशलाई बन्द गर्नुभन्दा पनि आक्रामक ट्रयाक, ट्रेस र परीक्षण गर्दै स्वैच्छिक सामाजिक दुरीको उपाय अपनाएको थियो ।

दक्षिण कोरियामा हालसम्म १२ हजार बढि कोरोना सङ्क्रमण पुस्टि भइसकेको छ भने २ सय ८० जनाको ज्यान गएको छ ।

Loading...