चीन–भारत झडपमा दुई चिनियाँ सैन्य अधिकारी मारिएको चीनद्वारा स्वीकार

एजेन्सी, ९ असार । जून १५ मा गलवान उपत्यकामा भएको हिंस्रक झडपमा दुई चिनीयाँ सैन्य अधिकारी मारिएको चीनले स्वीकार गरेको गरेको छ ।

चीनियाँतर्फ एक कमान्डिङ अफिसर र बटालियनका अर्का अफिसर मारिएको हुन् ।

भारतीय सेनाले आफ्नो दाबी गरिएको भू–भागमा चिनियाँ पक्षले निर्माण गरेको भौतिक संरचना भत्काएपछि दुवै पक्षबीच हिंस्रक झडप भएको थियो ।

यस घटनालाई सम्भवतः भियतनामसँग सन् १७७९ मा भएको युद्धपछि भएको पहिलो सैन्य हताहती मानिएको छ ।

घटनामा भारतका कमान्डिङ अफिसरसहित २० जनाको ज्यान गएको थियो ।

Loading...