‘हाच्छ्यूँ गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो’

काठमाडौं, ९ असार । नेपाली कांग्रेस राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाच्छ्यूँ गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गरेका छन् ।

प्रधानमन्त्रीले बेलाबेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले हाँच्छ्यु गर्दा कोरोना निको हुने भए किन लकडाउन गरियो भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरूले उनलाई भ्रममा पारेको समेत उनले बताए ।

पुष्टि नै नभएका कुराहरू सल्लाहकारहरूले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको उनले बताए ।

उनले भने, ‘कसले झुठा कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पार्नुभयो ? पुष्टि नभएका खबरहरू कसले प्रधानमन्त्रीज्यूलाई सुनाउँछ ? हाच्छ्युँ साच्छ्युँ गरेर कोरोना जाने भए, लकडाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?’’

Loading...