साउदीमा हजको आयोजना हुने

एजेन्सी, ९ असार । कोरोना कहरको त्रास सँगै साउदी अरबले यस वर्ष पनि हजको आयोजना गर्ने भएको छ ।

यस पटक हजको आयोजना अगस्टको पहिलो हप्ता हुँदैछ ।

यस वर्ष आयोजना हुने हजमा साउदी नागरिक मात्र सामेल हुन पाउँनेछन् । साउदी अरबको हज मन्त्रालयका अनुसार सीमित हाजीलाई मात्र हाजगर्न अनुमति दिइने छ ।

हरेक वर्ष २० लाखभ्नदा ज्यादा मुसलमान हजका लागि साउदी अरब आउने गर्थे । कोरोना महामारीका कारण यस वर्ष दोस्रो देशका मुसलमानहरूलाई आउन रोक लगाइएको छ ।

हरेक वर्ष आयोजना हुने मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्कामदिनामा हज गर्न नेपाली नागरिकहरूसमेत जाने गर्थे ।

साउदी सरकारका अधिकारीहरूले यस वर्ष देशभित्रका नागरिकहरूलाई सामाजिक दुरी कायम गरी हज गर्ने व्यवस्था मिलाउने भएका छन् ।

Loading...