घट्यो सुनको भाउ

विराटनगर, ९ असार । नेपाली बजारमा सोमबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको छ ।

आज सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुनको मूल्यले नयाँ कीर्तिमानी बनाएको थियो । हिजो प्रतितोला सुन ९१ हजार रुपैयाँले कारोबार भएको थियो ।

आज चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो तोलाको ९ सय ५० रुपयाँ थियो ।

Loading...