आरके सिटी सेन्टरले ल्यायो ‘सोर्मा’ को परिकार

विराटनगर, ९ असार । विराटनगरको हाटखोलास्थित आरके सिटी सेन्टरले  ‘सोर्मा’ परिकार ल्याएको छ । सोमबारबाट सोर्माका विभिन्न परिकार आरके सिटी सेन्टरले  बिक्री सुरु गरेको हो ।

सेन्टरको प्रवेश द्वार अगाडी  ‘नन भेज जष्ट इट भेज बक्स’ मा सोर्माका परिवार  उपलब्ध छन् ।  कुखुराको मासु प्रयोग गरी बनाइने सोर्माका विभिन्न परिकार बिक्री गर्न थालिएको सेन्टरले जनाएको छ ।

रोयल चिकेन सोर्मा, चिकेन चिज सोर्मा, चिकेन सोर्मा, चिकेन सोर्मा रोल र चिकेन एग सोर्माको बिक्री सुरु गरेको आरके सिटी सेन्टरका म्यानेजर उदय चौधरीले बताए ।

सोर्मासहित पानी पुरी र समोसाका परिकारहरू उपलब्ध रहेको उनले बताए ।

Loading...