श्रीलंकामा कोरोना संक्रमित भन्दै जबर्जस्ती मुसलमानको दाहसंस्कार गरिएको आरोप

एजेन्सी, ९ असार । श्रीलंकाका मुसलमान समुदायले प्रशासनमाथि कोरोना भाइरसको बहानामा आफूहरूमाथि भेदभावपूर्ण व्यवहार गरिरहेको आरोप लगाएका छन् ।

इस्लाममा मृतकलाई गाडिने र दाहसंस्कार गर्न पूर्ण रूपमा प्रतिबन्ध गरिएको हुँदा पनि कोभिड–१९ का कारण भएको मृत्युमा प्रशासनले शवको जबर्जस्ती दाहसंस्कार गरिरहेको आरोप लगाएका हुन् ।

४ मेमा ४४ वर्षकी फातिमा रिनोजालाई सास फेर्न समस्या आएपछि कोभिड–१९ संक्रमणको भएको हो कि भन्ने शंका गरेर अस्पताल भर्ना गरिएको थियो । श्रीलंकाको राजधानी कोलोम्बोमा बस्ने फातिमा तीन सन्तानकी आमा हुन् ।

फातिमाका श्रीमान् मोहम्मद शफिकले फातिमालाई अस्पताल भर्ना गरेको दिन देखिनै प्रशासनले उनको परिवारलाई एक तरिकाले आफ्नो कब्जामा लिएको बताएका छन् ।

प्रहरी अधिकारी र सैन्य अधिकारीले सबैलाई घरबाहिर निकालेर सबै ठाउँमा किटनाशक छरे ।

घरको तीन महिनाकी बालिकाको पनि कोरोना परीक्षण गरियो ।

मोहम्मदका अनुसार उनीहरूलाई कुकुरलाई झैं घर बाहिर निकालेर क्वारेन्टिन सेन्टर लिएर गए र दुई हप्तासम्म आइसोलेशनमा बस्न आदेश दएर भोलिपल्ट छोडियो ।

तर, भोलिपल्टै अस्पतालबाट फातिमाको मृत्यु भइसकेको खबर आयो र फातिमाका छोरालाई आमाको पहिचान गर्नका लागि अस्पताल बोलाइयो ।

फातिमाको मृत्यु कोभिड–१९ का कारण भएको भन्दै उनको शव परिवारलाई फिर्ता दिन नमिल्ने र शव गाड्न नमिल्ने हुँदा दाह संस्कार गरिने भनेर लेखिएको दस्तावेजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाइएको फातिमाका छोराले जानकारी दिए ।

मोहम्मद शरिफका अनुसार अस्पतालमा जे जति भयो त्यसबारे परिवारलाई पूरा जानकारी दिइएको थएन् ।

फातिमाको शरीरका केही अंगलाई थप परीक्षणका लागि अलग गरिने बताइएको छ ।

तर, यदि फातिमा कोरोना संक्रमित थिइन् भने उनको शरीरको हिस्सा उनीहरुलाई किन चाहियो भनेर उनका पतिले प्रश्न गरेका छन् ।

फातिमाको परिवारका साथै थुप्रै श्रीलंकाली परिवारहरूले सरकारमाथि कोरोना महामारीको नाममा भेदभाव गरेको आरोप लगाइरहेका छन् ।

Loading...