birat ribon

अक्षयलाई जुन ठाउँमा फोटो खिच्न दिइएन, ३२ वर्षपछि त्यहीँ किने घर

Neuro
अक्षयलाई जुन ठाउँमा फोटो खिच्न दिइएन, ३२ वर्षपछि त्यहीँ किने घर

विराटनगर, ८ असार । बलिउड अभिनेता अक्षय कुमारले हालै सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन् । पुराना दिन सम्झिदै उनले जुहु बिचस्थित घरका बारेमा बताएका छन् ।

Padelux insider
cura insider

३२ वर्ष अगाडि फोटो खिचेको ठाउँको एउटा ठूलो घरका सुरक्षा गार्डले हप्काएर निकालेका अक्षयले त्यहि ठाउँमा घर किनेका हुन् ।

सेयर गरिएको भिडियोमा उनले त्यो बेला आफू बलिउडमा आइनसकेको ‍बताए ।

उनी त्यो बेला एक फोटोग्राफरका ‘असिस्टेन्ट’का रूपमा पैसा नलीइ काम गरिरहेका थिए ।

पैसाको साटो फोटो सुट गर्न पाए हुन्थ्यो सोच बनाएका अक्षय ती फोटोग्राफरसँग उनको हाल घर भएको ठाउँ ‘जुहु बीच’ मा फोटा खिच्ने काममा सघाइरहेका थिए ।

काम थालेको चार–पाँच महिनापछि फोटोग्राफरलाई कामको पैसाको साटो फोटो सुट गरिदिन आग्रह गरे ।

अक्षयका अनुसार उनीहरू दुई जना जुहु बिच गएर एउटा पुरानो ठूलो घरको बरन्डाजस्तो भागमा बसेँ र फोटा खिचाए तर, त्यो घरका सुरक्षा गार्डले देखेर उनिहरूलाई हप्काउँदै बाहिर निकालेका थिए ।

उनले भिडियोमा पहिले खिचेको फोटो देखाउँदै अहिले आफू बसेको घर र ३२ वर्ष अगाडि निकालिएको घर यहीँ ठाउँमा रहेको बताएका छन् । अक्षयका अनुसार पछि त्यो पुरानो भवन भएको ठाउँमा नयाँ घर बन्यो र अक्षयले त्यो नयाँ घर किनेका हुन् ।

jackson ribon