birat ribon

सुन्दरहरैंचामा एकै परिवारका चारजनालाई कोरोना संक्रमण

Neuro
सुन्दरहरैंचामा एकै परिवारका चारजनालाई कोरोना संक्रमण

विराटनगर, ८ असार । मोरङको सुन्दरहैंचामा एकै परिवारका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Padelux insider
cura insider

सोमबार एकै परिवारका आमा बुबा र दुई सन्तानलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतका अनुसार संक्रमित चारैजना भारतको नयाँ दिल्लीबाट आएका हुन् ।

दिल्लीबाट आएका उनीहरूलाई नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो ।

उनका अनुसार सोमबार आमा बुबा र उनीहरुका ५ र ७ वर्षका छोरा छोरीको रिपोर्ट पोजेटिभ आएको हो ।

सुन्दरहरैंचा नगरपालिका– ९ घर भएका उनीहरूलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइनेछ ।

jackson ribon