birat ribon

हाम्रो अस्पतालमा मृत्यु भएका शिशुको शरीरभरि चोट, चिकित्सकले लापरवाही गरेको आरोप

Neuro
हाम्रो अस्पतालमा मृत्यु भएका शिशुको शरीरभरि चोट, चिकित्सकले लापरवाही गरेको आरोप

रंगेली, ८ असार । विराटनगरको हाम्रो अस्पतालका चिकित्सकको लापरवाहीका कारण नवजात शिशुको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

Padelux insider
cura insider

सोमबार नर्मल जन्मेको शिशुको जन्मिएको केही समयपछि मृत्यु भएको हो ।

मृतक शिशुको शरीरभरि चोट देखिएपछि आफन्तले चिकित्सकले लापरवाही गरेको आरोप लगाएका हुन् ।

बुढीगंगा–३ की सुवर्णा घिमिरेको नर्मल डेलिभरी गराउने क्रममा डाक्टरले ध्यान नदिदा शिशुको मृत्युभएको बुबा माधवप्रसाद घिमिरेले बताए ।

बच्चा जन्माउने क्रममा डाक्टरले बढी बल प्रयोग गरेका कारण बच्चाको शरीरभरि चोट देखिएको आफन्तको दाबी छ ।

बुुढीगंगा घर भए पनि सुवर्णा र उनका श्रीमान रूपेश विश्वास विराटनगरको बरगाछीमा कोठामा बस्दै आएका थिए ।

उनीहरूले गर्भ रहेदेखि नै डा सुरेखा अधिकारीलाई देखाउँदै आएका थिए । परिक्षणको क्रममा डाक्टरले कुनै समस्या नभएको बताएको सुवर्णाले बताइन् ।

डाक्टरले ९ असारमा डेलिभरीको समय दिएका थिए । तर उनलाई ७ असारमा हाम्रो अस्पताल भर्ना गरिएको थियो ।

‘दुखेर धेरै गाह्रो हुँदा एक पटक पनि डाक्टर आएर हेरेनन्,’ सुवर्णाले भनिन्, ‘आज बिहान साढे नौ बजे डेलिभरी हुने बेलामा मात्र आए ।’

शिशुको बायाँ गाला, दाया हात र शरीरका विभिन्न ठाउँमा प्रष्ट देखिने घाउ रहेको आफन्तले बताएका छन् । मृत्यु भएका शिशुको शव आफन्तले बुझेका छैनन् ।

लापरवाही गर्ने चिकित्सक र स्वास्थ्यकर्मीलाई कारवाही गर्न माग गर्दै उनीहरूले शव नबुझेका हुन् ।

jackson ribon