birat ribon

प्रदेश १ मा सोमबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि

Neuro
प्रदेश १ मा सोमबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ८ असार । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार सोमबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Padelux insider
cura insider

संक्रमितमध्ये १२ जना मोरङका र ३ जना झापाका छन् ।

मोरङको रंगेली नगरपालिकामा ८ जना र सुन्दरहरैंचा नगरपालिकामा ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यस्तै झापाको दमकमा १ जना र भद्रपुरमा २ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

कोशी अस्पताल विराटनगर र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा उनीहरूमा पोजेटिभ देखिएको थियो ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४६३ पुगेको छ । ती मध्ये २३५ उपचारपछि घर फर्किएका छन् ।

jackson ribon