जापानमा परीक्षणको नयाँ विधि : २५ मिनेटमा नतिजा दिने र घरमै कोरोना परीक्षण गर्न मिल्ने

विराटनगर, ८ असार । कोरोना भाइरसको परीक्षणको लागि जापानमा नयाँ विधि विकसित गरेको छ ।

कोरोना भाइरसको परीक्षणको लागि नाकबाट स्वाव लिने गरेको पाइन्छ ।

यसमा कुनै हानी नभएपनि धेरै मानिसहरूलाई गाह्रो लाग्ने हुँदा अनुसन्धानकर्ताहरूको टोलीले नयाँ सलाइवा परीक्षण विधि विकसित गरेको हो ।

जापानका अनुसन्धानकर्ताहरूको टोलीले सलाइवा परीक्षण अर्थात् र्यालको परीक्षणको विधि विकसित गरेको छ, जसले जम्मा २५ मिनेटमा कोरोना परीक्षणको नतीजा दिने गर्छ ।

जापानी विश्वविद्यालयहरूमा काम गर्ने एक मेडिकल फर्मले यो परीक्षणको लागि काम गरिरहेको बताएको छ र यसले मानिसहरूलाई घरैमा आफ्नै परीक्षण गर्न सक्षम पार्ने बीबीसीमा उल्लेख गरिएको छ ।

बेलायतमा समेत यस्तै प्रकारको सलाइवा परीक्षण भइरहेको छ। यसमा १४ हजारभन्दा बढी स्वास्थ्यकर्मीहरूले भाग लिइरहेका छन् ।

Loading...