सुनको दाम तोलाकै ९१ हजार पुग्यो

काठमाडौं, ८ असार । सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । स्थानीय बजारमा सुनको दाम प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि निर्धारण गरिएको सुनको भाउ हालसम्मकै सबैभन्दा धेरै हो ।

महासंघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार र तेजावीका लागि ९० हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ ।

आइतबार छापावाल सुन ९० हजार ६ सय र तेजावी सुन ९० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सोमबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ९५० पुगेको छ ।

Loading...