विराटनगर, ८ जेठ । इलाका प्रहरी कार्यालय सुरुङ्गा झापामा कार्यरत प्रहरी जवान कमल अर्याल जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

विभागीय मूल्यमान्यता, आदेशनिर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहेको भन्दै प्रदेश प्रहरी कार्यालयले उनलाई २०७७ जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरिका प्रहरी कर्मचारीहरूमध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।