birat ribon

निर्माण सामग्रीको मूल्य बढ्यो

Neuro
निर्माण सामग्रीको मूल्य बढ्यो

रंगेली, ४ असार । सामान्यतया बजारमा वस्तुको मूल्य सरकारले आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि बढ्ने गर्छ । तर, कोभिड–१९ को संक्रमण नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको बीचमा निर्माण सामग्रीको मूल्य बढ्यो ।

Padelux insider
cura insider

नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट जेठ १५ मा ल्याउँदा निर्माण सामग्रीको मूल्य बढिसकेको थियो । लकडाउनको बीचमा सरकारले निर्माणको कामलाई निरन्तरता दिएको थियो । बजारमा सामग्रीको भाउ पनि बढेको थियो ।

लकडाउन खुकुलो भएसँगै सर्वसाधारणले निर्माणको कामलाई अगाडि बढाएका छन् । बालुवा, सिमेन्ट, रड (डन्डी) को मूल्य बढेपछि सार्वजनिक र व्यक्तिगत निर्माणको लागत बढ्ने भएको हो ।

घर निर्माण गरिरहेका सर्वसाधारणहरू सामग्रीको मूल्य महँगिएको बताउँछन् । लकडाउन अगाडि घर बनाउन सुरु गरेकाहरू अहिले सिमेन्ट बोरामा ५० देखि ७० रुपैयाँसम्म बढेको बताउँछन् । त्यस्तै रडको मूल्य पनि बढेको छ । घर निर्माण गरिरहेका विराटनगरका पुष्पराज थपलियाले आफूले प्रयोग गरिहेको सिमेन्टमा ५० रुपैयाँ प्रतिबोरा बढेको बताए ।

रड पनि प्रतिकिलो ३ देखि ५ रुपैयाँसम्म बढेको उनले बताए । त्यसैगरी घर निर्माणमा प्रयोग हुने अधिकांश सामानको मूल्य बढेको उनले बताए । विराटनगरमा घर निर्माण गरिहेका दीपक फुयालले पनि निर्माण सामग्रीको मूल्य बढेको बताए । उनले सिमेन्ट, रडलगायतका सामग्रीमा मूल्य बढेको उनले बताए ।

निर्माण सामग्रीका व्यवसायी शितल झा पनि निर्माण सामग्रीको मूल्य बजेट अगाडि नै बढेको बताउँछन् । लकडाउनको कारण ढुवानी, कच्चा पदार्थलगायतको अभावको कारणले मूल्य बढेको उनले बताए ।

माग बढेपछि मूल्य बढ्नु स्वभाविक भएको उनले बताए । लकडाउनको समयमा ढुवानीको भाडा बढेको उनले बताए । लकडाउनमा सीमित ढुवानीको साधनले मात्र पास पाएको कारले भाडा बढेको उनले बताए ।

किलीङ्करलगायतका कच्चा पदार्थ यहाँको प्रयाप्त नहुँदा भारतबाट आयात गर्नुपर्ने उनको भनाइ थियो । जसको कारणले उत्पादन गर्ने उद्योगहरूले नै मूल्य बढाएको उनले बताए ।

उद्योगहरूले दिने विभिन्न योजना हटाउँदा बजारमा प्रतिस्पर्धा गर्न मूल्य घटाएर बेचन सक्ने अवस्था नभएको उनी बताउँछन् । उनले निर्माणको सामग्री इँट्टाबाहेकको सामग्रीमा मूल्य बढेको बताए ।

jackson ribon