birat ribon

२० ट्रक अलैँची र चिया मेचीपुलमा अलपत्र, भारतले प्रवेश दिएन

Neuro
२० ट्रक अलैँची र चिया मेचीपुलमा अलपत्र, भारतले प्रवेश दिएन

काँकडभिट्टा, ७ असार । भारतको अवरोधका कारण पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातका लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि रोकिएको छ ।

Padelux insider
cura insider

मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बङ्गाल प्रहरी र अर्धसैन्य बल एसएसबीको अवरोधका कारण नेपाली ट्रक बिहीबारदेखि मेची पुलमै रोकिएका हुन् ।

रोकिएका ट्रकमा नेपाली कृषि उत्पादन चिया र अलैँची छन् । ती वस्तु भारतको सिलगढी पठाइएको नेपाली व्यापारीले बताएका छन् ।

कोरोना महामारीको अवस्थामा समेत काँकडभिट्टा नाका खुला रहँदै आएको छ ।

भारतबाट जुनसुकै सामान पनि नेपाली नाका पार गरेर आउने गरेका छन् । तर भारतको पश्चिम बङ्गाल प्रान्तीय सरकारले कोरोनाको बहानामा सीमावर्ती पानीट्याङ्की नाकामा नेपाली सामानलाई एकतर्फीरुपमा रोक्दै आएको छ ।

पानीट्याङ्की भन्सार कार्यालयमा सम्पर्क गर्दा भारतको केन्द्रीय सरकारबाट नेपाली सामानलाई कुनै रोक लगाइएको छैन भन्ने जानकारी आएको मेची भन्सार कार्यालयका प्रमुख विश्वकर्माले बताए ।

गत बिहीबार नेपालबाट कृषिवस्तु बोकेका २३ गाडी भारततर्फ गएका थिए । जसमध्ये दुई गाडी अलैँची र एक गाडी अम्लिसो भने भारतीय प्रहरीले लैजान दिएको छ ।रासस

jackson ribon