अब घुम्नका लागि स्पेन जान मिल्ने

विराटनगर, ७ असार । स्पेनले पर्यटक उद्योग पुनः सुरु गर्न विदेशी यात्रुहरूको लागि बाटो खोलेको छ ।

बीबीसीमा उल्लेख गरे अनुसार स्पेनले तीन महिना लामो लकडाउनको अन्त्य गरेपछि पर्यटकहरूको लागि लगाइएको यात्रामा प्रतिबन्ध हटाएको हो ।

स्पेनमा अब युरोपियन युनियन, शेन्जेन जोन र बेलायतका मानिसहरूलाई भ्रमण गर्न दिइने भएको छ ।

एयरपोर्टमा मुलुकमा आउने सबै यात्रुहरूको तापक्रम जाँच गरिनुका साथै र पहिला संक्रमित थिए वा कसैको सम्पर्कमा आए जस्ता कोरोना संक्रमणसम्बन्धी जानकारी र सम्पर्क विवरण पनि पनि लिइनेछ ।

सार्वजनिक स्थानहरूमा फेस मास्क लगाउन आवश्यक छ ।

हरेक वर्ष लगभग ८ करोड पर्यटक स्पेन आउने गर्छन् ।

यहाँको जीडीपीमा पर्यटन उद्योगको योगदान १२ प्रतिशत रहेको छ ।

स्पेनले मार्चको मध्यमा लकडाउन लागू गरेको थियो ।

युरोपमा संक्रमणको स्थितिमा सबैभन्दा खराब भएको स्पेनमा अहिलेको अवस्था राम्रो छ ।

स्पेनमा हालसम्म २ लाख ४५ हजार जना कोरोना संक्रमित छन् भने २८ हजार जनाको मृत्यु भएसकेको छ ।

Loading...