birat ribon

मोरङमा वेल्डिङ गर्नेक्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

Neuro
मोरङमा वेल्डिङ गर्नेक्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु

मोरङ, ७ असार । मोरङमा वेल्डिङ गर्नेक्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । मोरङ बुढीगंगा–५ दिपुटोल बस्ने २५ वर्षीय सन्तोष महतोको वेल्डिङ गर्नेक्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

Padelux insider
cura insider

आइतबार दिउँसो साढे १ बजे विराटनगर–६ स्थित स्टर्न कोल्ड स्टोरमा वेल्डिङ गर्ने क्रममा सन्तोषलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर बेहोस भएका उनलाई तत्काल उपचारार्थ विराट नर्सिङहोम लगिएकोमा उपचारकै क्रममा उनको दिउँसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मृतक सन्तोष सोही स्टोरमा वेल्डिङको काम गर्दै आएको र घटना सम्बन्धमा कानूनी कारवाही भइरहेको उक्त कार्यालयले जनाएको छ ।

jackson ribon