कोलकाताका कोरोना संक्रमितमा देखियो नयाँ लक्षण

विराटनगर, ७ असार । भारतको कोलकातामा कोरोना भाइरस संक्रमितमा नयाँ लक्षण देखिएको छ ।

पश्चिम बंगालमा, विशेष गरी राजधानी कोलकातामा, कोरोनाको असामान्य लक्षण भएका नयाँ बिरामीहरूले सरकारको चिन्ता बढाएका छन् ।

बीबीसी हिन्दीका अनुसार स्वास्थ्य विभागका अधिकारीहरूका अनुसार केही दिनदेखि कोरोना संक्रमितहरूमा नयाँ संकेत देखिन थालेका छन् ।

विगतका केही दिनहरूमा असामान्य लक्षण भएका बिरामीहरूको संख्या लगातार बढिरहेको छ ।

उनीहरूमा मांशपेशी दुख्ने, नाक बन्द हुने, डायरिया हुने र स्वाद तथा गन्ध नै थाहा नहुने भएको छ ।

यस अगाडि ज्वरो र रुखाको मात्र संकेत देखिने गरेका थिए ।

कोलकातामा शनिबार मात्र ४ सय ४१ नयाँ संक्रमित थपिएका  थिए ।

त्यहाँ ११ जनाको ज्यान गएको थियो ।

कोरोना संक्रमणका कारण कोलकातामा हालसम्म १३ हजार पाँच सय ३१ पुगेको छ भने ५ सय ४० जनाको ज्यान गइसकेको छ ।

२४ घन्टायता ६ सय ५२ जना निको भएर डिस्चार्ज भएर घर गइसकेका छन् ।

Loading...