birat ribon

सुन्दरहरैंचामा थपिए दुई संक्रमित, मोरङमा संक्रमितको संख्या ११८

Neuro
सुन्दरहरैंचामा थपिए दुई संक्रमित, मोरङमा संक्रमितको संख्या ११८

विराटनगर, ७ असार । मोरङको सुन्दरहरैंचामा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार क्वारेन्टाइनमा बसिरहेका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

Padelux insider
cura insider

सुन्दरहरैंचा नगरपालिका जनस्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतका अनुसार संक्रमित महिला कुवेतबाट आएकी हुन् । पुरुष भारतबाट आएका हुन् ।

संक्रमित पुरुषलाई पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेज क्वारेन्टाइन गोठगाउँ र महिलालाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा पठाउने उनले बताए ।

योसँगै मोरङमा कोरोना संक्रमितको संख्या ११८ पुगेको छ ।

तीमध्ये १०९ जना पुरुष र ९ जना महिला छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४८ पुगेको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार आइतबार मात्र प्रदेश १ मा १५ जना कोरोना संक्रमित थपिएका छन् ।

jackson ribon