birat ribon

प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

Neuro
प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, ७ असार । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार सुनसरी, मोरङ, उदयपुर र झापामा चारजना महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Padelux insider
cura insider

प्रदेश १ सामाजिक विकास मन्त्रालय प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिएका हुन् ।

कोशी अस्पताल प्रयोगशालामा ११ जना र प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीको बर्जु र कोशी गाउँपालिकामा १–१ जनामा कोरोना संक्रमण देखिएको छ ।

झापाको अर्जुनधारा ३ जना, कनकाई नगरपालिका १ जना, मेचीनगरमा २ जनामा संक्रमण देखिएको हो ।

उदयपुरको कटारीमा १ जना, उदयपुरगढीमा २ जना, त्रियुगामा २ जनामा संक्रमण देखिएको हो ।

मोरङको सुन्दरहरैंचा नगरपालिकामा एक महिला र एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४४८ पुगेको छ । तीमध्ये २३४ जना उपचारपछि घर फर्किएका छन् ।

jackson ribon