birat ribon

संखुवासभामा पहिरोका कारण अरुण नदी आंशिक रूपमा थुनियो

Neuro
संखुवासभामा पहिरोका कारण अरुण नदी आंशिक रूपमा थुनियो

संखुवासभा, ७ असार । केही दिनदेखि परेको अविरल वर्षाको कारण संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ र ५ मा पर्ने बोयामफेदीमा पहिरो गएको छ ।

Padelux insider
cura insider

आइतबार बिहान करिब साढे ९ बजेको समयमा मकालु गाउँपालिका वडा नम्बर-२ तर्फको ओयाङ भन्ने स्थानमा पहिरो खस्दा अरुण नदी आंशिक रूपमा थुनिन पुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले जानकारी दिएका छन् ।

उनका अनुसार गए राति पहिरो खस्दा झरेर अरुण नदीको केही भाग थुनिएको छ ।

पहिरोले अरुण नदी थुनिँदा करिब ३ सय मिटर क्षेत्रमा पानी जमेर ड्याम बनेको छ ।

अरुण थुनिएपछि अरुण तेस्रो आयोजनाको ड्याम साइड फ्याक्सिन्दा र पुखुवा आसपास क्षेत्रसमेत जोखिममा परेको छ ।

jackson ribon