birat ribon

प्रवल मृत्यु प्रकरण : आफन्त भन्छन् – ‘प्रहरी अनुसन्धानमा शंका छ’

Neuro
प्रवल मृत्यु प्रकरण : आफन्त भन्छन् – ‘प्रहरी अनुसन्धानमा शंका छ’

विराटनगर, ७ असार । विराटनगर–२ तीनपैनी घर भएका लेखापरीक्षक प्रवल घिमिरे शंकास्पद मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान फितलो भएको आफन्तले बताएका छन् । ७ माघमा घिमिरे विराटनगर–२ संघिया खोलामा मृत भेटिएका थिए । शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले पाँच महिनापछि हत्या नभई भवितब्य दुर्घटनाका कारण मृत्यु भएको बताएको थियो ।

Padelux insider
cura insider

तर मृतकका आफन्तले प्रहरीको अनुसन्धानप्रति शंका व्यक्त गरेका छन् । ‘प्रहरीको अनुसन्धान डे वानदेखि नै फितलो थियो,’ मृतकका दाजु रवीन घिमिरेले भने, ‘हामीलाई प्रहरीको अनुसन्धानमा शंका छ ।’

घर छेउमा आइपुगेको मान्छे खोलासम्म कसरी पुग्यो भन्दै उनले शंकास्पद व्यक्ति पहुँचवाला भएका कारण प्रहरीको अनुसन्धान प्रभावकारी नगरेको हुनसक्ने बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारी घटनामा कसैको संलग्ना नदेखिएका कारण भवितब्य दुर्घटनाका कारण मृत्यु भएको बताउँछन् । यद्यपि, अनुसन्धान निरन्तर चलिरहने प्रक्रिया भएका कारण प्रमाण देखिए पुनः अनुसन्धान हुने बताए ।

अधिकारी मोरङबाट काठमाडौं सुरुवा भएका छन् । उनको कार्यकायमा विराटनगरको चर्चित घटना लेखापरीक्षक घिमिरेको शंकास्पद मृत्यु प्रकरण हो ।

सरुवा भएर जाने क्रममा उनले पाँच महिनाको अनुसन्धानपछि कतैबाट कसैको संलग्नता नदेखिएको र पोष्टमार्टम रिपोर्टले पनि पानीमा डुबेका कारण मृत्यु भएको देखिएको बताए ।

‘हाम्रो अनुसन्धानले कसैको संलग्नता देखाएन,’ अधिकारीले भने, ‘पोष्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘ड्राउनिङ’ (पानीमा डुबेर निसास्सिएको) छ ।’

अघिल्लो रात घिमिरेले अत्याधिक मादक पदार्थ सेवन गरेको र घर जाने बाटो बिर्सिएका कारण खोलामा पुगेको देखिएको अधिकारी बताउँछन् ।

६ हजार मोबाइलको अनुसन्धान

विराटनगरका ठूला ५० हाराहार कम्पनीको अडिट गर्दै आएका घिमिरे ६ माघमा अडिटकै शिलशिलामा नन्दकिसोर राठीले बोलाएपछि उनको उद्योगमा पुगेका थिए । मोटरसाइकल राठीको उद्योगमा पुगेका उनी भोलिपल्ट बिहान मृत भेटिए ।

शंकास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धानका क्रममा ६ हजार मोबाइल नम्बरहरूको अध्ययन गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । ‘घटना भएको समय बिटिएस डाटाका आधारमा ६ हजार मोबाइल नम्बर अध्ययन गर्‍यो,’ अधिकारीले भने, ‘तर शंकास्पद कुनै नम्बर देखिएन ।’

तीनवटा होटलमा भएको खानपिनपछि घर आउने क्रमम बाटो बिर्सिएको बताएपछि श्रीमती र छोरा लिनलाई भन्दै तीनपैनी चोकसम्म पुगेका थिए । तर उनी आएनन् ।

श्रीमतीसँग १६ पटक फोन सम्पक हुँदा उनले आफू कहाँ छु भन्ने लोकेशन भन्न नसकेको प्रहरी बताउँछन् । राति करिब १०ः४२ पछि उनको मोबाइल अफ भएको थियो । आफन्तले रातभर खोजी गर्दा भेटिएनन् । भोलिपल्ट बिहान भने सिंघिया खोलामा मृत अवस्थामा भेटिएका थिए ।

६ माघ दिउँसो राठीको उद्योगमा पुगेका घिमिरे मोटरसाइकल राठीको उद्योगमै राखेर उनीसँगै आमाज बेकरी पुगे । आमाजमा राठी, राठीका ड्राइभर पशुपति खड्का र बारका सञ्चालक सौगात नेपालसँग भेटघाट गरेका थिए ।

आमाजबाट नन्दकिसोरका आफन्त पर्ने उर्लाबारीका अनिल चाण्डकसँग होटल मुनमा भेट गर्ने सहमति भयो । प्रहरी उपरीक्षक अधिकारीका अनुसार होटल मुनामा अनिलकुमार चाण्डक, विनय कर्ण, अशोक अटल, अरुणकुमार राठी, चाण्डकका सवारी चालक चन्द्रबहादुर दर्जी र होटल सञ्चालक विजयराज प्रसाइँसँग भेट गरेका थिए ।

मुनको खानपान पछि उनीहरू लोटस बार पुगेका थिए । लोटसमा अनिलकुमार, विनय कर्ण, अरुणकुमार राठी र होटल सञ्चालक मनोज श्रेष्ठ बसेर खानपान गरे । राति चाण्डककै गाडीमा वडा प्रहरी कार्यालय विराटनगर अगाडि उत्रिएका उनी घर पुगेका थिएनन् । भोलिपल्ट बिहान खोलामा मृत भेटिएका थिए ।

jackson ribon