गण्डकी प्रदेशमा ५२३ जनामा कोरोना संक्रमण

पोखरा, ७ असार । गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५२३ पुगेको छ ।

आइतबार दिउँसो थप १९ जनामा संक्रमण पुष्टि भएको प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज संक्रमण पुष्टि हुनेमा २ महिला र १७ जना पुरुष रहेका छन् ।

स्याङ्जाका १० जना, बाग्लुङका ५ जना, कास्की, नवपरासी पूर्व र तनहुँका समान एक–एक जनामा कोरोना पोजिटिभ देखिएको मन्त्रालयले जनाएकाे छ ।

Loading...