दक्षिण कोरियामा स्थानीय संक्रमण बढ्दो

विराटनगर, ७ असार ।  दक्षिण कोरियाले ठूलो मात्रामा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रणमा राख्न सफल भएको विश्वास गरिएपनि दक्षिण कोरियामा फेरि एकपटक कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

आइतबार, दक्षिण कोरियामा ४८ नयाँ संक्रमित थपिएका हुन् । यससँगै, देशमा संक्रमित व्यक्तिहरूको कुल संख्या बढेर १२ हजार ४ सय २१ पुगेको छ ।

राजधानी सोल र केन्द्रीय शहर वरपरका क्षेत्रमा, संक्रमण छिटो फैलिएको र सबैभन्दा बढी संक्रमणको रिपोर्ट भइरहेका छन् ।

अघिल्लो दिनको तुलनामा आइतबार संक्रमितको संख्यामा कमी आएपनि कोरिया रोग नियन्त्रण र रोकथाम केन्द्र (केसीडीसी) का अनुसार विदेश तथा बाहिरबाट आएकाहरूको संख्यामा कमी आएको छ तर स्थानीय तहमा संक्रमण हुने मानिसहरूको संख्या बढेका छन् ।

नयाँ संक्रमितहरूमध्ये ४० जना स्थानीय संक्रमणबाट र ८ वटा बाहिरबाट आएका हुन् ।

हालसम्म दक्षिण कोरियामा २ सय ८० जनाको मृत्यु भएको छ भने १० हजार ८ सय ६८ जना उपचारपछि निको भएर घर फर्कीसकेका छन् ।

Loading...