साउदीमा कर्फ्यु हटाइँदै

एजेन्सी, ७ असार । साउदी अरेबियाले मुलुकभर लगाइएको कर्फ्यु हटाउने निर्णय गरेको छ ।

साउदी अरेबियामा आइताबरदेखि सबै आर्थिक तथा व्यावसायिक गतिविधिहरू सुरु हुनेछन् । तर अन्तर्राष्ट्रिय यात्रा तथा धार्मिक यात्रामा लगाइएको प्रतिबन्ध भने कायम नै रहनेछ ।

जुलाईबाट सुरु हुने हजयात्राको विषयमा केही निर्णय लिइएको छैन । हजयात्राको लागि वार्षिक २५ लाख श्रद्धालुहरू मक्का सहर जाने गर्छन् ।

अहिलेसम्म साउदी अरेबियामा कोरोना भाइरसका कारण एक लाख ५५ हजार संक्रमित भएका छन् ।

एक हजार २ सय ३० जनाले ज्यान गुमाइसकेका छन् ।

Loading...