birat ribon

विराटनगरबाट यस्तो देखियो सूर्य ग्रहण

Neuro
विराटनगरबाट यस्तो देखियो सूर्य ग्रहण

विराटनगर, ७ असार । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सूर्य ग्रहण सुरु भएको छ । अपराह्न दुई बजेर २४ मिनेटसम्म रहने ग्रहण नेपालसहित विभिन्न स्थानबाट फरक फरक रूपमा देख्न सकिन्छ ।

Padelux insider
cura insider

आइतबार दिउँसो १२ः ५५ मा विराटनगरबाट सूर्य ग्रहण यस्तो देखिएको छ ।(हेर्नुहोस् तस्बीर)

३ घण्टा ३३ मिनेट अवधिको देखिने ग्रहण विश्वका विभिन्न मुलुकबाट वलय सूर्यग्रहण देख्न सकिने छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्रै देखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

काठमाडौं उपत्यकाबाट ८८ प्रतिशत सम्म सूर्य ढाकिएको देखिने र नेपालको पश्चिमी भूभाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने खगोलविद्हरुले बताएका छन् ।

खगोलविद्हरुका अनुसार दिउसो १२ बजेर ३८ मिनेटमा काठमाडौंबाट करिब ८८ प्रतिशत सूर्य ढाकिएको देख्न सकिने छ । उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव हने बताइएको छ ।

तस्बीरहरू शिवहाङ राई

jackson ribon